top_rightads

Follow me on Twitter

Sunday, March 13, 2016

महिला मृत फेला




१ चैत । सुनसरी जिल्लाको चाँदवेला गाविस–६ स्थित नहरमा आज बिहान ४० वर्षीया लीलाकुमारी चौधरीको शव मृत अवस्थामा फेला परेको छ ।

सुनसरी मोरङ सिँचाइ नहरको शाखा नहरमा मृत चौधरीलाई कसैले हत्या गरेर फ्याकेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको बताइएको छ । 

मृतक चौधरीको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । रासस 

No comments:

Post a Comment