top_rightads

Follow me on Twitter

Monday, March 14, 2016

डलर भन्दै ठगी गर्ने र जुवाडेसहित सातजना पक्राउ


१ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित काठ मिलमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छ बुक ताससहित रु ९० हजार ५०० नगदसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । 

इटहरी उपमहानगरपालिका–८ निवासी कैलाश लिम्बुले सञ्चालन गर्दै आएको काठ मिलमा जुवातास खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई जुवा ऐन, २०२० अनुसार आवश्यक कानुनी कारबाही अघि बढाउनका लागि इलाका प्रहरी कार्यालय, इटहरीको हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले आज पत्रकार सम्मेलन गरी जानकारी दिए  । 

यसैगरी विभिन्न व्यक्तिलाई अमेरिकी डलर साटिदिन्छौँ भन्दै ठगी गर्दैै हिँडिरहेको अवस्थामा उदयपुरका दीपक मगर र रामबहादुर मगरलाई इलाका प्रहरी कार्यालय इटहरीले ४१ अमेरिकी डलर र रु एक लाख ४२ हजार ५०० नगद तथा बा२९प २३७ नं को मोटरसाइकलसहित पक्राउ गरेको छ । 

उनीहरुले झापा गौरादह–९ बस्ने २४ वर्षीय गणेश राई र इलाम फइतप्पा–५ बस्ने २५ वर्षीय दिलीप खनालसँग एक लाख ५० हजार रुपैयाँ नक्कली अमेरिकी डलरसँग साटेर फरार हुने क्रममा पक्राउ गरिएको पनि प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए  । रासस 

No comments:

Post a Comment