top_rightads

Follow me on Twitter

Monday, March 14, 2016

बलिउड अभिनेत्री गौहरको काठमाडाैंमा आइटम डान्स


बलिउड अभिनेत्री गौहर खान नेपाल भम्रणको लागि राजधानीमा छिन्। गत शुक्रबार राजधानी आइपुगेकी अभिनेत्री खानले राजधानी वरपरका विभिन्न स्थान घुमघाम गरेकी छिन्।
क्यारिनो प्राइड नामक कार्यक्रमका लागि नेपाल आएकी अभिनेत्री आज साँझ फर्कदैछिन्। क्यारिनो प्राइडको उद्घाटनमा उनले आइटम डान्सहरु समेत प्रस्तुत गरेकी थिइन्। हायात रिजेन्सी होटलमा बसिरहेकी अभिनेत्री खान सहयोगीहरुको साथ नेपाल आएकी हुन्।

अभिनेत्री खानले सन् २००९ मा एसराज फिल्स्को 'रकेट सिंहः सेल्सम्यान अफ द एयर'बाट बलिउडमा डेब्यु गरेकी थिइन्। उनका सहयोगीले इन्स्टाग्रामबाट उनी नेपाल आएको जानकारी गराएका थिए।

अभिनेत्री खानलाई उदृत गर्दै सहयोगीले नेपालको तारिफ गर्दै इन्स्टामा फोटो हालेका थिए। 'अभिनेत्री खान नेपाल आउन पाएकोमा अध्याधिक सुखी छिन्। उनी फेरि नेपाल आउन भएकी छिन,'उनले इन्टाग्राममा अभिनेत्री खानसँगको फोटोसहित उल्लेख गरेका  छन् ।

भारतीय रियलिटी शो 'विग बोस–७' की विजेता अभिनेत्री खानले 'गेम','इश्कजादे', वान्स अपन टाइम इन मुम्बई' र 'आनः म्यान एट वर्क' लगायतमा अभिनय गरिसकेकी छिन्।

No comments:

Post a Comment