top_rightads

Follow me on Twitter

Monday, March 14, 2016

मृत भेटिए बिक्की


चैत १ | फिल्म प्राविधिक बिक्की श्रेष्ठ (रामबहादुर श्रेष्ठ)को आइतबार राति निधन भएको हो  । ४२ बर्षीय श्रेष्ठ गए राति प्रदर्शनी मार्गमा मृत अवस्थामा फेला परेका थिए । उनको  निधनको कारण खुल्न सकेको छैन्। बिक्कीको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको बताएका छन् ।
पोस्टमार्टम पछि मात्रै उनको निधनको कारण पत्ता लाग्ने लामाले बताएका छन् । लामाले श्रेष्ठको निधनको शोकमा सोमबार कुनैपनि फिल्मको छायाँकन तथा अन्य प्राविधिक कार्य नगरिदिन आग्रह गरेका छन्।
काभ्रे मूल घरभएका बिक्की नेपाली फिल्मका पुराना प्राविधिक हुन। चिफ लाइटम्यानको रुपमा काम गर्दै आएका विक्की सिनेम्याटोग्राफर कृष्ण श्रेष्ठका भाई हुन।

No comments:

Post a Comment