चैत १ | सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ । सर्वोच्च अदालतका ११ न्यायाधीश नियुक्तीका लागि न्यायपरिषदले गरेको सिफारिस फिर्ता पठाएकोबारे विवाद भइरहँदा उहाँले बिहान प्रधानन्यायाधीशसँग भेट गर्नुभएको हो ।
प्रधानन्यायाधीश निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबिच न्यायाधीश नियुक्तिबारे उत्पन्न विवाद हल गर्नेबारे छलफल भएको छ । सभामुख घर्तीले न्यायाधीश सिफारिसको पत्र फेरि पठाउन आग्रह गर्नुभएको बुझिएको छ । फेरि पत्र पठाएमा आफूले यसलाई अघि बढाउने उहाँको भनाई थियो । यस विषयमा हिजो कानुनमन्त्री अग्नि खरेल र सभामुख घर्तीबीच पनि छलफल भएको थियो ।
No comments:
Post a Comment