१ चैत । नेपाली काँग्रेसका नेता डा शेखर कोइराला अकस्मात् बिरामी भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।
गएराति चिटचिट पसिना, कमजोर र एक्कासि झाडावान्ता भएपछि आज बिहान नर्भिक अस्पताल भर्ना गरिएको कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, नेत्री सुजाता कोइराला, नेता बलबहादुर केसीलगायत अस्पताल पुग्नुभएको थियो ।
डा कोइरालालाई डा मधु घिमिरेको टोलीले उपचार गरिरहेको छ । रासस
No comments:
Post a Comment