top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

डिजेल आपूर्ति केहि दिनमा सहज हुने


४ चैत । भारतीय आयल कर्पाेरेसन (एनओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको तुलनामा डिजेल कम पठाएको हुँदा बजारमा केही अभाव देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ । 

आलोपालो रुपमा एउटै गाडीले पेट्रोल र डिजेल भारतबाट ल्याउँदा पनि बजारमा डिजेलको केही अभाव देखिएको र केही दिनभित्र अभाव हट्नेसमेत मन्त्रालयले स्पष्ट पारेको छ । 

आपूर्तिमन्त्री गणेशमान पुनले व्यवस्थापिका–संसद्, उपभोक्ता हित संरक्षण समितिको आजको बैठकमा सो जानकारी दिँदै एनओसीले नेपाल आयल निगमले माग गरेजति पेट्रोलियम पदार्थ अझ दिन नसकिरहेको बताए  । 

उहाँले ग्यास एवम् पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि मन्त्रालयले उच्च प्राथमिकता दिँदै काम गर्दै आएको र अब छिट्टै आपूर्ति सहज हुनेछ भने  । काभ्रेको पाँचखाल, नुवाकोटको बट्टार र गोरखाको खैरेनीटारमा पेट्रोलियम पदार्थ भण्डार केन्द्र स्थापना गर्ने कार्य अगाडि बढाएको मन्त्री पुनले बैठकमा जानकारी दिए  । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पेट्रोलियम पदार्थ आयातका लागि चीन सरकारसित थप कुराकानी हुने उनले बताए । 

मन्त्री पुनले आयल निगमले आफ्ना कर्मचारीलाई बोनस वितरण नगर्ने सञ्चालक समितिको बोर्ड बैठकबाट भएको जानकारी सांसदहरुलाई गराएको थियो । सो अवसरमा सांसदहरु पवनकुमार सारडा, छाया शर्मा पन्त, श्यामकुमार श्रेष्ठ, कञ्चन वादे श्रेष्ठ र अनन्त पौडेलले आयल निगमको आम्दानीबाट कर्मचारीलाई बोनस वितरण नगर्न र आपूर्ति सहज बनाउन माग गर्नुभएको थियो । 

आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले मन्त्रालयअन्तर्गत उपभोक्ता हित संरक्षण महाशाखा गठन गर्न लागेको जानकारी दिए  । रासस 

No comments:

Post a Comment