४ चैत । विभिन्न मानवअधिकारकर्मी समूहहरुले मेक्सिकोमा पत्रकारहरुमाथि हुने गरेका आक्रमणका घटनामा पछिल्लो समयमा झन बृद्ध भएको पाइएको जनाएका छन् ।
यसअघिका वर्षहरुका तुलनामा गएको वर्ष अर्थात् सन् २०१५ मा मेक्सिकोमा पत्रकारमाथि भएका आक्रमणका घटनामा कम्तीमा पनि २२ प्रतिशतले बृद्धि भएको पाइएको समाचारमा जनाइएको छ ।
गत वर्षमात्र मेक्सिकोमा कम्तीमा पनि आठजना पत्रकार मारिएका छन् भने अरु करिब ४०० जनामाथि आक्रमणका घटना भएका अधिकारवादी समूहले जनाएका छन् ।
आर्टिकल १९ नामक एक अधिकारवादी समूहको प्रतिवेदनमा मेक्सिकोमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था ह्रासोन्मुख रहेको जनाइएको छ ।
उक्त संस्थाले गरेको अनुसन्धानमा मेक्सिकोमा प्रेस स्वतन्त्रताको अवस्था गिर्दाे अवस्थामा देखिएको छ । मेक्सिकोमा एन्रिक पेना नियटा राष्ट्रपति भएपछि प्रेस स्वतन्त्रताको अवस्था ह्रासोन्मुख पाइएको पनि उक्त संस्थाले गरेको अनुसन्धानमा पाइएको जनाइएको छ ।
उहाँ राष्ट्रपति भएपछि त्यहाँ पत्रकार माथिको हमला बढेको छ । सन् २०१२ मा २०७ जना पत्रकारमाथि हमला भएकोमा सन् २०१४ मा ३२६ जना र गत वर्ष ३९७ जना पत्रकारमाथि आक्रमण भएको थियो ।
सन् २०१५ मा मारिएका आठ जना पत्रकारमध्ये सातजना सम्वाददाता नै थिए । उनीहरुलाई समाचारका कारणले नै हत्या गरिएको खुलेको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पत्रकारमाथि भएका आक्रमणहरुमा अधिकांश सरकारी अधिकारीहरुले नै गरेका पाइएको छ । उनीहरुले गरेको सो हमलामा परी कैयांै पत्रकार गम्भीर रुपमा घाइते पनि भएका छन् ।
पत्रकारहरुको अधिकारसम्बन्धी एक विश्व संस्था रिपोर्टरसर्् विदाउट बोर्डरले दिएको समाचारअनुसार मेक्सिको पत्रकारहरुका लागि विश्वकै एक खतरनाक देशका रुपमा रही आएको छ ।
त्यहाँ सन् २००० पछि ९१ जना पत्रकार मारिएका छन् भने १७ जना अझै पनि हराएका छन् । रासस÷एएफपी
No comments:
Post a Comment