चैत्र ४ | अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीलाई कुनै पनि कार्यक्रममा पुग्दा भेट्नुभयो भने त्यहाँ उनीहरुलाई छुट्टाछुट्टै भेट्न गार्हो पर्छ । फिल्म 'झोले'बाट एकसाथ स्कृन सेयर गरेको यो जोडीको कुनै पनि कार्यक्रममा पुग्दा देखिने प्रेमलिला पत्याईनसक्नु हुन्छ ।
पछिल्लो पटक दुबैजना मिलेर फिल्म निर्माण कम्पनि समेत खोल्ने योजना सार्वजनिक गरेका दया प्रियंकाको प्रेम बुधबार आयोजित एक कार्यक्रममा पुग्दा पनि उस्तै देखियो । जहाँ दयाको काँधमा प्रियंकाले आड मागिन्, दया पनि केहि अफ्ठ्यारो महसुस गर्दै प्रियंकालाई साथ दिन तयार भए । उल्लेखित तश्विर त्यही बोल्छ ।
त्यसो त दयाहाङ बिबाहित हुन् भने प्रियंका डिभोर्सी हुन् । औपचारिक रुपमा अन्य 'कपल'को जस्तो प्रेम सम्बन्ध अश्विकार गर्ने यो जोडीको प्रेम भने लुकिछिपी हैन, खुलेआप भेटिन्छ । मिडियाको क्यामेरा तेर्सियो भने प्रियंका र दयाको प्रेमलिला अझ चम्किन्छ, कहिले दयाको गालामा चुम्बन गर्ने त कहिले कपाल मिलाईदिँदै प्रियंकाले दयाप्रतिको प्रेमभाव दर्शाउँछिन् ।
'झोले'बाट सुरु भई 'फन्को'देखी 'वडा नम्बर ६' हुँदै 'पुरानो डुङ्गा'सम्म आईपुग्दा यो जोडी पर्दामा पनि हिट मानिन्छ भने सामाजिक सञ्जालमा पनि । प्रियंका र दयाले होस् या अन्य कुनै मिडियामा यो जोडीको तश्विर सामाजिक सञ्जालमा पोष्ट मात्रै हुँदा शुभचिन्तक तथा फ्यानहरुबाट सुभकामना र बधाईका शब्दसँगै 'नाईस कपल'को कमेन्ट बर्षिन्छ ।
तर नेपाली फिल्म उद्योगमा कलाकारहरु बीचको सामिप्यता अनि निकटता धेरै समय टिकेको पाईंदैन् । त्यसैले दया र प्रियंकाको यो निकटता पनि कहिलेसम्म टिक्छ या लामो समयसम्म चलिरहन्छ त्यो भने पछि नै थाहा होला ।
No comments:
Post a Comment