top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

अनौठो होली: लिङ्ग र योनीको धुमधाम पुजा गरिने !


चैत ४ ।   नेपालमा होली अर्थात फागु पूर्णिमा मनाउने चलन फरक–फरक छ । भक्तपुरमा भने अनौठो तरिकाले होली मान्ने पुरानै चलन रहेको छ ।
यहाँको दत्तात्रय मन्दिरसंगै रहेको भैरव मन्दिरमा रहेको लिङ्गको आकृति भएको काठ र रातो कपडाको योनी एक आपसमा जुधाएर होलीको सुरुवात गर्ने परम्परा रहेको  छ । यसलाई भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरेको पाइन्छ ।
यसलाई यौन पर्वका रुपमा यहाँका बासिन्दाले होली पर्व मनाउने गरेका छन्  । फागुन शुक्ल अष्टमीको दिन भिमसेन मन्दिरमा राखिएको लिङ्ग अर्थात् लगलाई टोल–टोलमा घुमाएर पुनः मन्दिरको पाटीमा राख्ने गरेको हो  ।
टोल टोलमा रहेका पसलै पिच्छे घुमाएर पूजा गरी सो लगलाई पाटीमा ल्याएर झुण्ड्याउने गरेका छन्  । पसलमा पुजा गरे व्यापार बढ्ने विश्वास रही आएको छ  । काठबाट बनेको दुई हात लामो लिङ्ग करिब ३० इन्च मोटाइको छ  ।
नेवारी समुदायले यसलाई ‘चिर स्वायगू’ भन्ने गर्छन । भिमसेनको लिङ्गलाई दुई जनाले काँधमा बोकेर घुमाउने गर्छन । घर र पसल घुमाएको लिङ्गलाई भक्तजनले ढोग्ने र दान दक्षिणा चढाउने गरेका छन्  । पाटीमा झुन्ड्याएको लिंग हल्लाउँदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ ।
यसलाई भिमसेन र द्रौपतीको यौन सम्बन्धको रुपमा लिइने गरेको पाइन्छ । पाटीमा राखेको काठको लिङ्ग हेर्न आन्तरिक र बाह्य पर्यटकको भिड लाग्ने गरेको पाइन्छ ।

No comments:

Post a Comment