top_rightads

Follow me on Twitter

Wednesday, March 9, 2016

बाँकेमा २५ प्रतिशत हात्तीपाइले सङ्क्रमित

२७ फागुन । बाँके जिल्लामा यो वर्ष पाँच लाखभन्दा बढी नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । 

यही फागुन २९, ३० र चैत १ गते जिल्लाका पाँच लाख २१ हजार जनसङ्ख्यालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

सो रोगविरुद्धको औषधि दुई वर्षदेखि ७० वर्ष उमेरका सबैले खान सक्ने तर, दीर्घरोगी, गर्भवती, सातदिने सुत्केरीेले खान नहुने जनस्वास्थ्य अधिकृत अङ्गतबहादुर शाहीले जानकारी गराए  । 

जिल्लामा औषधि खुवाउन ३३९ स्वास्थ्यकर्मी र दुई हजार २८० स्वास्थ्य स्वयम्सेविका परिचालन हुने जनाइएको छ । 

करिब २५ प्रतिशत जिल्लावासी हात्तीपाइले रोगको सङ्क्रमणमा रहेको यस जिल्लामा छैठौँ चरणको औषधि खुवाउन लागिएको हो । रासस 

No comments:

Post a Comment