top_rightads

Follow me on Twitter

Wednesday, March 9, 2016

लागू औषधका तस्करद्वारा चार प्रहरी मारिए


२७ फागुन । न्युजिल्यान्ड सुरक्षाकर्मीले लागूऔषध जारी राखेको कारबाहीको क्रममा बुधबार चार सुरक्षाकर्मी मारिएका छन् । 

न्युजिल्यान्ड सुरक्षास्रोतले सो जानकारी दिएको छ । यस घटनामा अन्य चार सुरक्षाअधिकारी गम्भीर घाइते भएका र तीमध्ये एक जनाको अवस्था गम्भीर भएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ०६ बजेबाट ती तस्करलाई प्रहरीले घेरामा हाली कारबाही थालेको थियो । त्यसक्रममा उनीहरुबाटै चलेको गोली लागी ती तस्कर मारिएका हुन् । 

उत्तरी द्वीप सहर कवेरुगमा लागू औषध तस्ककरीमा सम्लग्न ठूलो सङ्ख्याको गिरोहलाई कब्जामा लिने प्रयत्न प्रहरीले गरेको थियो । तर प्रहरीमाथि नै उनीहरुले गोली चलाएका थिए । दुई बर्षअघि मात्र पनि दक्षिणी द्वीप सहर अरामोआनामा मानसिकरुपमा कमजोर एक व्यक्तिले चलाएको गोलीबाट १३ व्यक्तिको मृत्यु भएको थियो । रासस 

No comments:

Post a Comment