Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Saturday, March 12, 2016
त्रिभुवन विमानस्थलमा सुन तस्करीका घटना बढिरहे
काठमाडौं, ३० फागुन । पछिल्लो समय त्रिभुवन विमानस्थलमा सुन तस्करीका घटना बढिरहेका छन् ।
तस्करीको मुद्दामा मुछिएका आरोपितमाथि सुनुवाइका लागि तत्काल पेसी तोक्ने र त्यसपछि निर्णय गर्ने लगायतका सम्पूर्ण अधिकारको प्रयोग भन्सार प्रमुखले गर्छन् । त्यतिबेला अर्थ मन्त्रालयले नै सहसचिव सरहको प्रमुखको सरुवा गरी अरू नपठाउँदा उपसचिव स्तरका निमित्त प्रमुख रहेका बेला सुन तस्करीका आरोपितहरूलाई सामान्य धरौटीमा छाड्ने क्रम बढेको थियो ।प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा २ सय ८३ किलो सुन तस्करी भएको छ ।
चीनबाट भन्सार छलेर ल्याइने सुन नेपाली बजारमा बेच्दा प्रतिकिलो ५ लाख २० हजार रुपैयाँ फाइदा हुन्छ । भारतीय बजारमा झन् महँगो हुने भएकाले पछिल्लो समय तस्करीमा भारतीय नागरिकहरू सक्रिय छन् ।बरामद भएको सुन जफत हुने भएकाले पक्राउ परेका व्यक्तिको रिहाइका लागि तस्करहरूले फाइदाको तुलनामा ठूलो रकम खर्चने गर्छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment