Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Friday, March 18, 2016
पारवहन र इन्धन आपूर्तिका लागि सहकार्यमा जोड
५ चैत । नयाँ शक्ति अभियान नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पारवहन, व्यापार विस्तार र इन्धन आपूर्तिका लागि सहकार्यमा जोड दिन आग्रह गरेको छ ।
अभियान, अन्तर्राष्ट्रिय विभागले राष्ट्रियहित र आपसी सम्बन्धलाई अझ बलियो बनाउँदै दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउन आग्रह गरेको छ ।
यस्तै चीनस“गको व्यापार घाटा कम गर्नका लागि चीनले नेपालका लागि भन्सार महसुलमा उपलब्ध गराएको छुट लगायत आर्थिक सहकार्यको स्पष्ट योजना प्रस्ताव गर्न तथा दुई ठूला छिमेकीबीच असल छिमेकी र गतिशील पुलका रुपमा काम गर्न आग्रह गरेको छ ।
भारत, चीन र नेपालबीच सहकार्यका क्षेत्रका बारेमा समेत स्पष्ट कुरा गर्न तथा दुई मुलुक जोड्ने आधुनिक सडक र रेलमार्ग निर्माणमा जोड दिन सरकारको ध्यानाकर्षण गराइएको अन्तर्राष्ट्रिय विभागका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भूकम्पले विस्थापित जनताको पुनःस्थापना र सामूहिक आवासको निर्माणका निम्ति आग्रह गर्नुपर्नेमा जोड दिँदै अभियानले नेपालको राष्ट्रिय हितलाई प्रतिकूल असर पर्ने गरी तत्कालीन वा दीर्घकालीन महत्वका कुनै पनि सन्धिसम्झौता नगर्न ध्यानाकर्षण गराएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment