चैत्र २ | ब्यस्त बजार नागढुङ्गास्थित सभ्यता मनि ट्रान्सफरबाट पेस्तोल देखाएर ६ लाख ४५ हजार ५ सय लुटेर भाग्दै गर्दा एकजनालाई पक्राउ गरेको बताएको छ । सभ्यता मनि ट्रान्सफरका कर्मचारीलाई पेस्तोल देखाएर झोलामा पैसा राख्न लगाइ पैसासहित भाग्दै गर्दा एक युवा समातिएको हो ।
स्थानीयको सहयोगमा सुनसरी घर भई हाल पोखराको रामबजारमा बस्ने प्रशान्त थापामगरलाई पेस्तोलसहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिएका छन् ।
ग्राहकको भेषमा गएका तीनजना लुटेराले लुटपाट गरेका थिए । लुटपाट पछि मनि ट्रान्सफरका कर्मचारीले हारगुरहार गरेका थिए ।
एकजना लुटेरालाई स्थानीयले समातेर प्रहरीलाई बुझाए पनि दुईजना फारर छन् । पोखरामा उच्च सुरक्षाकासाथ सार्क विदेश मन्त्रीस्तरीय बैठक भइरहेका बेला पोखरा विमानस्थल नजिकैको ब्यस्त बजार नागढुङ्गामा लुटपाट भएको बताएको हो ।
No comments:
Post a Comment