२ चैत । काठमाडौँ जिल्लामा २५ नक्कली भूकम्पपीडितले आफूहरुले लिएको राहत रकम फिर्ता गरेका छन् ।
काठमाडौँका प्रजिअ रामकृष्ण सुबेदीका अनुसार कीर्तिपुर, नागार्जुन, तारकेश्वर र गोकर्णेश्वर नगरपालिकाका २५ जनाले लिएका तीन लाख रुपैयाँ फिर्ता गरेका छन् । भूकम्पपीडितको परिचयपत्र बनाएर तत्काल राहतका रुपमा बाँडिएको १५ हजार र न्यानो कपडाबापत १० हजार गरी प्रतिपरिवार २५ हजार उनीहरुले लिएका थिए ।
प्रजिअ सुवेदीले असम्बन्धित व्यक्तिले भूकम्पपीडितको परिचयपत्र र राहत प्राप्त गरेको उजुरीको छानबिनका लागि समिति गठन भइरहेको र अन्य त्यस्ता व्यक्तिले पनि राहत रकम बुझेकाबारे छानबिन भइरहेको बताउनुभयो ।
उहाँका अनुसार राहत रकम लिनेको नामावलीसहितको विवरण कार्यालयको वेबसाइटमा राख्ने काम सुरु भएको छ । सम्बन्धित वडामा समेत नामावली टाँस्ने कार्य भइरहेकाले कुनै असम्बन्धित व्यक्तिले रकम लिएको भेटिए उजुरी गर्नसमेत सर्वसाधारणलाई उहाँले आग्रह गर्नुभयो ।
काठमाडौँमा तत्काल राहतका रुपमा प्रतिपरिवार १५ हजारका दरले ४१ हजार ९८३ परिवारलाई र १० हजारका दरले ६२ करोड ९७ लाख ४५ हजार तथा न्यानो कपडा खरिदका लागि ३७ हजार २१ परिवारलाई १० हजारको दरले ३७ करोड दुई लाख १० हजार वितरण गरिएको छ ।
No comments:
Post a Comment