top_rightads

Follow me on Twitter

Sunday, March 13, 2016

अमिर खानका केहि गोप्पे कुरा !


बलिउडका मिस्टर पर्फेक्टनिस्ट आमिर खान आजबाट ५१ वर्ष लागेका छन्। आमिरलाई बलिउडमा कम फिल्म गर्ने तर एकदमै राम्रा फिल्म गर्ने अभिनेताका रूपमा चिनिन्छ। त्यसैले पनि आमिरका आफ्ना समकालिन अभिनेताहरुको तुलनामा कम फिल्म रहेका छन्। प्रत्येक फिल्मका लागि दिलोज्यान दिएर काम गर्ने र निर्वाह गर्ने भूमिकामा ढल्न कुनै कसर बाँकी नराख्ने भएकाले उनलाई बलिउडमा 'मिस्टर पर्फेक्टनिस्ट'को उपमा दिइएको छ।
आमिर धेरै लाइमलाइट चाहँदैनन्। व्यक्तिजीवनको बारेमा उनी उति खुल्दैनन्। त्यसैले आमिरका बारेमा मानिसहरुलाई अन्य स्टारहरूको जस्तो जानकारी छैन्। उनका बारेमा मानिसहरुलाई कमै थाहा भएका तथ्यहरु यस्ता छन्:
१.      सानोमा आमिर खानको परिवारका सदस्यले आमिरलाई 'कन्हैया लाल' भनेर बोलाउने गर्थे। उनी धेरैजसो केटीहरूको बिचमा बस्द्थे।
२.      आमिरले आफ्ना काकाको फिल्म 'यादोंके बारात'मा ८ वर्षको हुँदा केमियो गरेका थिए।
३.      आमिर खानले 'क्यामत से क्यामत तक' फिल्मबाट चर्चा बटुल्न सुरू गरेका थिए। फिल्मको प्रचार बजेट कम भएकाले उनले राज जुत्सीसँग मिलेर बस र अटोमा आफैले पोस्टर टाँस्ने काम गरेका थिए।
४.      'क्यामत से क्यामत तक' रिलिजपछि आमिरले आफ्नो पहिलो गाडी मारूति ८०० किनेका थिए। आमिरले जून बिल्डिङ्मा उनका बाबुआमा बस्थे त्यहि फ्ल्याट किनेका थिए।
५.      'बाजी' फिल्मको एक गीतको सुटिङ्का लागि आमिरले पूरै शरिरको 'वाक्सिङ्' गरेका थिए।
६.      आमिरकी पत्नीका अनुसार आमिर हरबखत केहि न केहि खाइरहनछन्।
७.      आमिरले जूहिसँग सात फिल्ममा काम गरे जसमध्ये ५ फ्लप रहे। यसलाई लिएर आमिरले 'ईश्क' फिल्मको सेटमा हँसिमजाक गरेपछि जूहिले कहिल्यै आमिरसँग काम गरिनन्।
८.      आमिर खानको पूरा नाम मोहम्मद आमिर हुसैन खान हो
९.      'तारे जमिन पर' फिल्ममा अभिषेक बच्चनको उदाहरण राख्न आमिरले अमिताभ बच्चनसँग विशेषरूपमा अनुमति लिएका थिए।
१०.  आमिरका बाबुआमा आमिर अभिनेता नबनोस र पढेर अर?थोक नै गरोस भन्ने चाहन्थे तर आमिरले हाइस्कूल पास गरेपछि पढ्न छाडे।(पत्रपत्रिकाबाट )

No comments:

Post a Comment