मलेसिया: स्थगित गरिएको भनिएको बिदेशी कामदारको लेभी मलेसिया सरकारले
वृद्धि गरेको छ । हाल बढेको लेभी शुल्क पुर्बी मलेसियाको (सावा र सार्वाक)
भने लागू नहुने स्पष्ट पारिएको छ ।
केही समयअघि मन्त्रिपरिषद बैठकले आप्रवासी कामदारको लेभी तत्काल बृद्धि
नगर्ने निर्णय गरेको थियो । तर अचानक फेरि लेभी बढाइएको यहाँका जानकारी यहाँका स्थानीय
सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि घोषणा गरेकै शुल्कलाई फेरबदल गरी मलेसियाले नयाँ शुल्क निर्धारण
गरेको गृहमन्त्रालयका महासचिव दातुक सेरी अल्वी ईब्राहिमलाई उद्धृत गर्दै मलेसियन
सञ्चारमाध्यमले जनाएका हुन् ।
लेभीलाई पहिले जस्तै २ प्रकारले निर्धारण गरिएको छ । उत्पादन र
निर्माणका लागि एक हजार ८ सय ५० आरएम तय गरिएको छ । सेवाको लागि यसअघि नै एक
हजार ८ सय ५० आरएम लेभी भएकाले सेवा तर्फको लेबि यथावत छ ।
यस्तै कृषि र बगानका लागि ६ सय ४० आरएम निर्धारण गरिएको छ। उत्पादन र
निर्माणतर्फ काम गर्नेले यसअघि वार्षिक एक हजार २ सय ५० आरएम तिर्दै आएकोमा ६ सय
आरएम थपिएको हो ।
यस्तै कृषि क्षेत्रमा काम गर्नेले ४ सय सय १० आरएम र बगान
क्षेत्रमा काम गर्नेले ५ सय ९० आरएम लेबी तिर्दै आएकोमा कृषितर्फ २ सय ३०
आरएम र बगानतर्फ ५० आरएम थप तिर्नु पर्ने भएको छ ।
गत फेब्रुवरी १ मा लेभी शुल्क बृद्धि गर्दा ब्यापक बिरोध भएपछि स्थगित
भएको थियो । यसअघि उत्पादन निर्माण र सेवाका लागि २ हजार ५ सय आरएम तथा कृषि र
बगानका लागि १ हजार ५ सय आरएम लेवी तय गरिएको थियो ।
यो लेवी शुल्क लागू हुन सकेको थिएन । फेब्रुवरी १ देखि लागू हुने भनि
घोषणा गरिएको लेबीको सन्दर्भमा उद्योगी तथा ब्यवसायी संघका ५५ वटा संगठनले
बिरोध गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य बनेको थियो ।
गत फेब्रुवरी १६ मा पनि बिभिन्न २८ वटा उद्योगी तथा ब्यवसायीहरुको
समुहसँग सरकारले बार्ता गरेको हो ।
आप्रवासी कामदारका लागि भने आगामी जुलाईदेखि मासिक एक हजार
रिंगेट न्युनतम पारिश्रमिक लागू गर्ने मलेसियाले यसअघि नै घोषणा गरिसकेको छ ।लेबी
वृद्धिसँगै रोजगारीको लागि मलेसिया आएका नेपाली श्रमिक समेत प्रभावित हुनेछन् ।
No comments:
Post a Comment