Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Saturday, March 19, 2016
चीन भ्रमणमा पारवाहन सम्झौतालाई प्राथमिकतामा राख्न प्रमलाई सुझाव
६ चैत । राष्ट्रिय जागरण अभियान, नेपालले प्रधानमन्त्रीको आइतबारबाट हुन लागेको चीन भ्रमणमा चिनियाँ भूमिमार्फत विश्वसँगको निर्वाध व्यापारका लागि समुद्री बन्दरगाहसम्मको पारवाहन सुविधा सम्बन्धी सम्झौतालाई प्राथमिकतामा राख्न सुझाव दिएको छ ।
अभियानका प्रवक्ता डा। विनोद न्यौपानेले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपालमाथि लादिएको इन्धन सङ्कटलाई स्थायी रुपमा समाधान गर्नका लागि सम्भावित सबै उपायबारे चीनसँग छलफल गर्न माग गरिएको छ ।
पूर्व मन्त्री डा उपेन्द्र देवकोटा संयोजक रहेको सो अभियानले नेपाली भूमिलाई चीन, भारत वा अन्य देशका विरुद्धमा कसैबाट प्रयोग हुन नदिने नीतिअनुसार परराष्ट्र नीति भरपर्दो बनाउन सुझाव दिएको छ ।
नेपालको अभिन्न भू–भागका रुपमा रहेको लिपुलेकका विषयमा भारत र चीनबीच भएको सम्झौता खारेजीको विषय भ्रमणमा उठाउन प्रधानमन्त्रीसँग अभियानले माग गरेको छ ।
भारतसँगको एकाधिकारपूर्ण व्यापार परनिर्भरतालाई अन्त्य गर्न चीनसँगको व्यापार वृद्धि तथा नाकाको विस्तारको योजनालाई महत्वकासाथ उठाउन विज्ञप्तिमा माग गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment