एजेन्सी– भारतमा जारी टी–२० विश्वकप अन्तर्गत भारतले पाकिस्तानलाई हराउँदै भारतमा चारैतिर खुसीयाली छाएको छ । तर, युवराज सिंह आउट भएपछि क्रिजमा जमेर भारतलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका भारतीय कप्तान महेन्द्र सिंह धोनीकी श्रीमगि साक्षी भने खुसी भइनन् ।
आफ्नो ट्वीटर एकाउन्टमा उनले भारतमा मनाइएको उत्सवमा आफूलाई ‘डिस्टर्व’ भएको बताएकी छन् ।
उनले भारतको जितमा पड्काइएको पटका र हल्लाले आफ्नी छेरी सुत्न नपाएको भन्दै आक्रोस पोखेकी छन् ।
उनले लेखेकी छन्, ‘मानिसहरु हल्ला गर्दै मेरो घरबाहिर पटका पड्काइरहेका छन् । जसका कारण मेरो छोरीको निन्द्रा डिस्टर्व भइरहेको छ । उनीहरु मेरो छोरीको निद्रा बिच्काइरहेका छन् ।’
No comments:
Post a Comment