top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

पेरिस आक्रमणका नाइकेलाई हिरासतमा, युरोपका जनता खुसी


चैत्र ७ | गएको वर्ष पेरिस आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रमुख आरोपित सालोह अब्देस्लामको ब्रसेल्सस्थित एक अस्पतालमा उपचारपछि हिरासतमा लगिएको छ । 

सालेहमाथि अब छिट्टै कानुनी कारबाहीको प्रक्रिया सुरु हुनेछ । 

सालेह र उनका सहयोगी प्रहरीले नियन्त्रणमा लिने क्रममा घाइते भएपछि उपचारका लागि सीएचयू सेन्ट पिएरे अस्पतालमा लगिएको थियो । 

ब्रसेल्स नगर प्रमुख यभान मेयउरले ट्वीट गर्दै पेरिस आक्रमण योजनाका सम्भावित दुई योजनाकारको उपचार गरिएपछि उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा पठाइएको बताउनुभएको छ । 

यसैबीच पेरिस आक्रमणका प्रमुख योजनाकारसहित एक जना अन्य आरोपितलाई बेल्जियमका अधिकारीले नियन्त्रणमा लिएपछि फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले एलिसी प्यालेसमा फ्रान्सका उच्च सुरक्षा अधिकारी, सैन्य प्रमुख, प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्री, गृहमन्त्री तथा न्यायाधीशलगायतका सरकारी अधिकारीसँग सङ्कटकालीन बैठक गरी छलफल गर्नुभएको छ । 

विगत चार महिनादेखि भागिरहेका सालेहलाई नियन्त्रणमा लिएपछि राष्ट्रपति अलान्दले ब्रसेल्सको प्रशंसा गर्नुभएको छ । 

सन् २०१५ को नोभेम्बर १३ मा भएको विनाशकारी पेरिस आक्रमणपछि फ्रान्समा सङ्कटकालको घोषणा गरिएको थियो । 

उक्त घटनामा १३० जनाको ज्यान जानेगरी एक कन्सर्ट (साङ्गीतिक कार्यक्रम), क्याफे र रङ्गशालामा गरिएको आक्रमणको मुख्य योजनाकारका रुपमा आरोपित सालेह बेल्जियममा रहेको बताउँदै विगत लामो समयदेखि खोजी भइरहेको थियो । 

फ्रान्सेली नागरिक सालेहमाथि युरोपमा नियन्त्रणका लागि फ्रान्सद्वारा पक्राउपूर्जी जारी गरिएको थियो । रासस

No comments:

Post a Comment