top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

हरेक दिन कागती र खुर्सानी किन्छिन् विपाशा !


चैत्र ७ | बोल्डनेस’ चर्चा हुँदा बलिउड अभिनेत्रीहरुमध्ये विपाशा वशुको नाम अग्रपंक्तिमा आउँछ। तर उनी जति उदार मानिन्छिन् त्यति नै रितिरिवाज पनि मान्छिन्, त्यसलाई अरुले अन्धविश्वास नै किन नभनुन्, उनी परवाह गर्दिनन्।

उनी आफूले प्रयोग गर्ने कारका लागि हरेक दिन कागती र खुर्सानी खरिद गर्छिन्। उनलाई लाग्छ कि यसबाट नकारात्मक उर्जाले हमला गर्न सक्दैनन्।

उनले भनिन्,‘म वर्षौंदेखि यस्तो गर्दै आइरहेको छु। किनकी मेरी आमाले मलाई बच्चैदेखि सिकाउनु भएको थियो । म सानै थिएँ जब आमाले मलाई घरको ढोकामा कागती र खुर्सानी झुण्ड्याउन लगाउनु भएको थियो। त्यही बेलादेखि परेको प्रभाव मैले कहिल्यै छोडेकी छैन ।’

No comments:

Post a Comment