top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

अमेरिकासँग पनि झुक्न मानेन उत्तर कोरिया


सोल ७ चैत – संयुक्त राष्ट्रसंघ र केही दिन अगाडि नै अमेरिकाले लगाएको कडा प्रतिबन्धको बेवास्ता गर्दै  उत्तर कोरियाले पुन मध्यम दूरीको ब्यालेस्टिक मिसाइल  परीक्षण गरेको छ । दक्षिण कोरियाको योनहान संवाद समितिले सेनालाई उद्धृत गर्दै बताएका छन् कि  सो मिसाइल मध्यम श्रेणीको हो र  यसले  ८ सय किलोमिटरसम्म मार हान्न सक्छ ।

उत्तर कोरियाले यसअघि २०१४ मा मध्यम श्रेणीको मिसाइल परीक्षण गरेको थियो। गतहप्तामात्रै उत्तरले छोटो दूरीको मिसाइलको सफल परीक्षण गरेको थियो भने सो परीक्षणपछि कोरियाली प्राय द्वीपमा खटपट  बढेको छ । उत्तर कोरियाको परमाणु परीक्षणपछि अघिल्लो महिना संयुक्त राष्ट्रसंघले उत्तर कोरिया विरुद्ध नाकाबन्दी गरेको थियो भने गत हप्तामात्रै अमेरिकाले उत्तर कोरिया विरुद्ध नाकाबन्दी गरेको थियो।
अमेरिकी राष्ट्रपति बराक ओबामाले उत्तर कोरियको नेतृत्वलाई चुनौती दिँदै उत्तर कोरियामाथि  प्रतिबन्ध लगाएका थिए।  जापानले उत्तर कोरियाको व्यालेस्टिक मिसाइल परीक्षणको निन्दा गर्दै उक्त  कदमलाई भड्काउको संज्ञा दिएको छ। जापानी प्रधानमन्त्री जिन्सो आबेले संसदलाई सम्बोधन गर्दै उत्तर कोरियाको उक्त  कदमको विरोध गरेका हुन्। दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले सो मिसाइलको परीक्षण राजधानी प्योंगयाङको उत्तरमा गरेको हो ।

No comments:

Post a Comment