top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

भारी वर्षाले जनजीवन अस्तव्यस्त, स्कुल–कलेज बन्द, उडान अवरुद्ध


फागुन २७ । संयुक्त अरब इमिरेट्स युएईमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेपछि विद्यालय र कलेजहरु बन्द गरिएका छन् ।

विमानस्थलमा पानी जमेका कारण हवाई सेवासमेत अवरुद्ध बनेको छ भने उडानहरु रद्द भएपछि सयौं यात्रु अलपत्र परेका छन् ।

अबुधाबी र दुबई जलमग्न हुँदा यातायात व्यवस्थासमेत प्रभावित बनेको छ ।

ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका कारण त्यहाँका सर्वसाधारण अध्यारोमा बस्न बाध्य छन् ।

भारी वर्षा अझ केही दिन जारी रहने त्यहाँका मौसमविद्हरुले जनाएका छन् । (एजेन्सी)

No comments:

Post a Comment