top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

सार्क मन्त्रिपरिषद्को बैठक आज


४ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठक आज पोखरामा बस्दैछ । 

पोखरास्थित ग्रान्ड होटलमा हुने बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ । आठवटै सदस्य मुलुकका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयबाट नेपालका परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुन्या मौमुन, श्रीलङ्काली विदेशमन्त्री मङ्गला समरावेरा, बङ्गलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज बैठकमा सहभागी हुनुहुनेछ । 

पोखरास्थित ग्रान्ड होटलमा हुने बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री कमल थापाले गर्नुहुनेछ । बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरू बुधबार नै पोखरा आइपुग्नुभएको छ । 

बैठकमा सार्क स्थायी समितिले मन्त्रिपरिषद् बैठकका लागि तय गरेका मुद्दाका साथै क्षेत्रीय सहयोगका विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदाश बैरागीले बताउनुभयो । रासस 

No comments:

Post a Comment