top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

गोलीसहित पक्राउ परेका लामालाई थप तीन दिन हिरासतमा राख्न अनुमति


५ चैत । गत आइतबार पक्राउ पर्नुभएका निलम्बित सांसद ल्हारक्याल लामालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।

प्रजिअ रामकृष्ण सुवेदीले लामालाई हातहतियार तथा खरखजाना ऐनअनुसार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको जानकारी दिनुभयो । यसअघि फागुन ३० गते जिप्रकाले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

अकुत सम्पत्ति आर्जन गरेकोे आरोपमा अख्तियार अनुसन्धान आयोगले छानबिनका लागि लामाको दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको लकरमा जाँच गर्दा आइतबार बन्दुकको १४ थान गोली बरामद भएको थियो । पक्राउपछि सांसदबाट निलम्बित लामालाई प्रहरीले महानगरीय प्रहरी वृत्त सिंहदरबाको हिरासत कक्षमा राखेर अनुसन्धान गर्दै आएको छ । 

दोहोरो नागरिकता, दोहोरो पासपोर्ट लगायतका विवादमा मुछिए पछि तत्कालीन अर्थ एमाले अध्यक्ष् झलनाथ खनाल नेतृत्वको सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएका ल्ह्यारक्याल लामा गत २०७० कात्तिक ५ गते एमाओवादीका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा एक कार्यक्रमका बिच एमाओवादीमा प्रवेश गर्नुभएको थियो ।

विवादास्पद छविका लामालाई सभासद् बनाइएको भन्दै एमाओवादीकै अन्य नेताले विरोध समेत गरेका थिए।

No comments:

Post a Comment