Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Friday, March 18, 2016
संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्छ – पौडेल
५ चैत । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकभित्र देखिएको विद्यमान समस्या समाधान गरी संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले नै गर्ने बताउनुभएको छ ।
तनहुँको क्यामिन गाविसस्थित मेवाबारी विद्युतीय लिफ्टिङ खानेपानी आयोजनाको आज उद्घाटन गर्दै उहाँले तराई, मधेस र जनजातिको मागलाई सम्बोधन गरी काँग्रेस संविधान कार्यान्वयनमा अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी उदयबहादुर राना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिदत्त पौडेल लगायतले खानेपानी आयोजना सम्पन्न भएपछि गाउँलेले स्वच्छ र गुणस्तरीय पानी खान पाउने बताउनुभयो । आयोजना रु ४० लाखको लागतमा निर्माण गरिएको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment