top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

नक्कली चिकित्सक विरुद्ध उजुरीको ओइरो


चैत्र ३ |  नक्कली चिकित्सकविरुद्ध प्रहरीमा उजुरी आउने क्रम बढेको छ । केही नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेर कारबाही सुरु गरेपछि देशका विभिन्न भागबाट उजुरी आउने क्रम बढेको छ  ।
नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)मा उजुरीमा ओइरो  लागेको छ । सर्वसाधरणहरुबाट समेत नक्कली चिकित्सकको बारेमा ठुलो संख्यामा उजुरी र सूचना आएको सिआईबीका प्रमुख डिआईजी नवराज सिलवालले बताएका छन्  । जनस्वास्थ्यसंग  जोडिएको विषय भएकाले यसमा प्राथमिकताका साथ आफुहरुले अनुसन्धान गरिरहेको सिलवालले बताएका छन्  ।
सिआईबीले हालसम्म १५ जना नक्कली चिकित्सकलाई पक्राउ गरिसकेको जनाएको छ  । आईएस्सीको नक्कली सर्टिफिकेट बनाएर त्यसक आधारमा बिदेशमा पढेर चिकित्सक बनेकाहरुलाई सिआईबीले पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये १२ जना ३० हजार रुपैंयाका दरले धरौटीमा छुटेका छन् । २ जना सिआईबीकै हिरासतमा रहेका  छन् । नक्कली चिकित्सककै आरोप खेपेकी चितवनकी विनिता यादब शिक्षण अस्पतालमा उपचाररत रहेकी छिन् ।
अनुसन्धानको क्रममा विभिन्न अस्पतालमा कार्यरत २६ जना नक्कली प्रमाणपत्रधारी भएको प्रष्ट भइसकेका छन्  । उजुरीमध्ये कतिपय भने व्यक्तिगत रिसइवीयुक्त पनि भएको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

No comments:

Post a Comment