चैत ३ । कोरियामा नेपाली कामदारको करोडौं रुपैयाँ लिएर एक हुन्डी दलाल फरार भएको पीडितले बताएका छन् । सोल तुङदेमुनमा बसेर कामदारको पैसा नेपाल पठाइरहेका भोजपुरका सोगेन्द्र घले करिब २ करोड ९० लाख रुपैयाँ लिएर फरार भएको उनीहरुले जानकारी दिएका छन् ।
घलेले सस्तो दरमा नेपालमा पैसा पठाइदिने भन्दै नेपाली कामदारबाट पैसा संकलन गरेका थिए । उनी केही दिनदेखि घरमा पैसा संकलन गर्न लागेका कामदारसँग सम्पर्कविहीन भएका थिए । कामदारले खोजिरहेका बेला घले सोमबार बिहान भने सम्पर्कमा आएका थिए । उनले अज्ञातस्थलबाट भ्वाइसकलमार्फत फोन गरेर कामदारको पैसा २९ करोड वन करिब नेपाली २ करोड ९० लाख रुपैयाँ संकलन गरेको स्वीकार गरेका छन् | त्यो पैसा आफूले क्यासिनोमा हारेको पनि बताएका छन् । आजको कान्तिपुरमा खबर रहेको छ ।
No comments:
Post a Comment