चैत ३ । भारतीय प्रहरीले सत्तारुढ पार्टीका एक राजनीतिज्ञविरुद्ध अनौठो मुद्दा दायर गरेको छ । प्रहरीको घोडामाथि आक्रमण गरेको अभियोग लागेको हो । उत्तरी राज्य उत्तराखण्डमा भएको एक विरोधसभामा पहाडी सहर मसुरीका सभासद् गणेश जोशीले प्रहरीको घोडालाई लाठी हानेको बताउछन । शक्तिमान नामक उक्त घोडामाथि त्यसरी आक्रमण गरिँदा धेरै चोट लागेको र एउटा खुट्टा काटिन सक्ने अवस्थासमेत रहेको प्रहरिले दाबी गरेको छ । सांसद् जोशीले राजनीतिक षड्यन्त्रका रुपमा आफूमाथि यस्तो अभियोग लगाइएको बताउदै आएका छन् । आजको कान्तिपुर दैनिकमा खबर रहेको छ ।
No comments:
Post a Comment