Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Thursday, March 17, 2016
विराट पेट्रोलियमलाई सरकारको निर्देशन - तोकेकै मूल्यमा इन्धन बेच्नुस्
४ चैत । सरकारले विराट पेट्रोलियमलाई तोकेकै मूल्यमा इन्धन बेच्न निर्देशन दिएको छ ।
बिहीबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले आयल निगमको मूल्यभन्दा बढीमा नबेच्न र इन्धन मौज्दात रहेको विवरण पेश गर्न निर्देशन दिएको हो ।
नेपाल आयल निगम महानिर्देहशक गोपालबहादुर खड्काले विराटको बिक्री प्रक्रिया बारे आफुलाई थाहा नै नभएको बताए ।
विराटले कतिमा कसरी तेल त्यो बारे आफुलाई थाहा नभएको तर, मन्त्रीपरिषदले विराटलाई तेल बेच्नका लागि सहयोग गर्न भनेकोले सहयोग गरेको उनको भनाई छ ।
यता आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले मन्त्रालय फुटेपछि स्रोत साधन र जनशक्तिको अभाव भएकाले कालोबजारी नियन्त्रण गर्न नसकिएको बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment