चैत्र ४ | नेपाल विद्युत प्राधिकरणले ५० बेड भन्दा माथिका निजी अस्पतालहरुलाई नियमित विद्युत उपलब्ध गराउने भएको छ । गत महिना प्राधिकरणले उर्जा संकट देखाउदै डेडिकेटेड फिडरमार्फत दिएको विद्युत आपूर्तिमा रोक लगाएको थियो । स्रोतका अनुसार सरकारको दबाब पछि प्राधिकरणले आफ्नो निर्णय उल्ट्याएको हो । अस्पताल सन्चालकहरुले सरकारलाई डेडिकेटेड फिडरमार्फत विद्युत आफूर्ति नगरे अस्पतालका सेवा बन्द गर्ने चेतावनी दिएका थिए ।
प्राधिकरणले आज सुचना प्रकाशित गरी विद्युत आपूर्ति नियमित गर्ने जानकारी गराएको हो । नियमित विद्युतका लागि प्राधिकरण सर्त लागू गरेको छ । प्राधिकरणले चौबिसै घण्टा आकस्मिक शल्यक्रिया सेवा दिएको, कम्तिमा ५० बेड सन्चालन गरेको, वर्षमा २ पटक निःशुल्क क्याम्प गरेको, सरकारलाई १० प्रतिशत बेड निशुल्क उपलब्ध गराएको लगायतका सर्त राखेको छ ।
No comments:
Post a Comment