top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

उत्तर कोरियाले आफ्नो नागरिक बन्दी बनाएपछि अमेरिकाले गर्यो रिहाईको माग


४ चैत।  अमेरिकाले उत्तर कोरियाको नियन्त्रणमा रहेका आफ्ना एक नागरिकको रिहाई माग गरेको छ ।

 उत्तर कोरियाले कथित रुपमा आफ्नो मुलुकविरुद्ध गतिविधि गरेको आरोपमा एक अमेरिकी छात्रलाई सश्रम १५ वर्ष जेल सजाय तोकेलगत्तै अमेरिकाले उनको रिहाई माग गरेको बीबीसीले उल्लेख गरेको छ।

२१ वर्षीय ओटो वामवियरलाई गत जनवरीमा प्योङयाङस्थित सुनान अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । एक राजनीतिक प्रचारको स्लोगन चोर्ने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको उत्तर कोरियाली अधिकारीहरुको भनाई छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ का प्रवक्ताले उत्तर कोरियामाथि आफ्नो राजनीतिक एजेण्डाका लागि अमेरिकी नागरिकलाई ढालको रुपमा प्रयोग गरेको आरोप लगाएका छन् । 

उत्तर कोरियाली संचारमाध्यमका अनुसार उनलाई उत्तर कोरियाविरुद्ध अपराध गरेकोमा दोषी पाइएको छ ।
भर्जिनिया विश्वविद्यालयका छात्र रहेका ओटो २ जनवरीमा अमेरिका फर्कने क्रममा प्योङयाङको विमानस्थलमा पुग्दा उत्तर कोरियाली सुरक्षाकर्मीले उनलाई पक्राउ गरेका थिए । 

उनीमाथि तत्काल शत्रुतापूर्ण व्यवहारको आरोप लगाइएको थियो । गत फेब्रुअरीमा भएको एक पत्रकार सम्मेलनमा उनले रुँदै भनेका थिए, ‘मैले एउटा होटलबाट राजनीतिक स्लोगन आफ्नो डायरीमा उतार्ने प्रयास गरेको थिएँ, तर मेरो जीवनकै त्यो सबैभन्दा ठूलो गल्ती थियो ।

No comments:

Post a Comment