top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

आमाले नै गरिन छोरीको हत्या !


४ चैत्र  |  रौतहटको पँचरुखी गाविसमा बुधवार राति एक निर्दयी आमाले आफ्नै ड्ढ वर्षीया छोरीको हत्या गरेकी छिन् । छोरीको हत्या गरेको आरोपमा प्रहरीले राति नै उनलाई पक्राउ गरिसकेको छ ।

पँचरुखी गाविसकी २२ वर्षीया सुतनी देवीले डेढ वर्षिय छोरी रिनाको गए राति गाविस भवन पछाडि रहेको बाँसघारीमा भुईमा पछारी–पछारी हत्या गरेको प्रहरीले बताएको छ । बालिकाको हत्याको कारण भने अझै खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालयका एसपी गणेशराज रेग्मीले आरोपीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको बताए । ‘के कारणले हत्या गरेको भन्ने सोधपुछ गर्दै छौं,’ रेग्मीले भने, ‘हत्याको  कारण भने खुलेको छैन  । अनुसन्धान जारी रहेको बताएका छन् | 

No comments:

Post a Comment