top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

इन्डक्सन कुकर हस्तान्तरण


३ चैत । नेपाल सरकारलाई अनुदान सहयोगमा प्राप्त भएको १० हजार थान आकस्मिक इन्डक्सन कुकर हस्तान्तरण गरिएको छ । 

नेपालीका लागि चिनीया राजदूत वु चुन्ताईले आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटालाई सहयोगसम्बन्धी पत्र हस्तान्तरण गर्नुभयो । 

आपूर्ति सचिव सापकोटाले भूकम्पमा र नाकाबन्दीमा चिनियाँ सरकारले पु¥याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीको चीन भ्रमणले नेपाल र चीनको आर्थिक, सामाजिक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । 

नेपालका लागि चिीनयाँ राजदूत चुन्ताईले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेकाले यसलाई थप प्रगाढ बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी एकआपसमा थप गहिरो सम्बन्ध स्थापना गर्न चाहन्छौँ ।”रासस 

No comments:

Post a Comment