top_rightads

Follow me on Twitter

Saturday, March 12, 2016

चीनले अरुणमा बाँध बनाएपछि नेपाली भूमि कटान



काठमाडौं, ३० फागुन । चीनले सीमा भएर बग्ने अरुण नदीमा तटबन्ध लगाएर सडक निर्माण गरेपछि नदीको पानी नेपाली भूमितर्फ बग्न थालेको छ ।यसका कारण नदीले नेपाली भूमि कटान गरिरहेको छ । 

नदीले किमाथांका–७ हेमांथाङ्कातर्फ खेतीयोग्य जग्गा बगाएपछि नदी पुरानै दिशामा फर्काउन स्थानीय बासिन्दा जुटेका छन् ।‘हाम्रो बस्ती बगायो, पटकपटक राज्यलाई जानकारी गराए पनि कुनै पहल भएन,’ किमाथांका नागरिक अगुवा तेन्छेवी शेर्पाले भने । यहाँका ८२ परिवारले रकम नै संकलन गरेर तटबन्ध लगाउने तयारी गरेको शेर्पाले बताए । अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ।

No comments:

Post a Comment