top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

संयुक्त कारबाहीमा चौध मारिए


२७ फागुन । अफगानिस्तानमा तालिवान सशस्त्र हतियारधारी विरुद्ध अफगान सैनिक र प्रहरीले संयुक्तरुपमा गरेको कारबाहीमा १४ जना तालिवान लडाकू मारिएका छन् । 

अफगान सैनिकले तालिबानका विरुद्धमा कारबाही जारी राखेको भन्दै उनीहरु मारिने क्रम नरोकिएको बताएको छ । 

यसै कारबाहीका क्रममा बिहिबार १४ जना व्यक्तिकोे मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् । मारिनेमा सबै तालिवान विद्रोही परेका समाचारमा उल्लेख गरिएको छ । 

सो कारबाही अफगानिस्तानको पश्चिमीप्रान्त हेरातमा बिहीबार बिहान गरिएको समचारमा जनाइएको छ । त्यस क्रममा केही सैनिक पनि घाइते भएका छन् । 

अफगानिस्तानको राष्ट्रिय प्रहरी र सैनिकले ओबे र चेस्टी सारिफ जिल्लामा गरेको कारबाहीमा कम्तीमा पनि १४ जना लडाकूको मृत्यु भएको जिल्ला प्रशासन प्रमुखले बताउनुभएको छ । 

अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भएपछि पनि हिंसा रोकिएको छैन । 

पछिल्लो समयमा अफगान सैनिक र सर्वसाधारण नागरिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएको बताइन्छ । रासस

No comments:

Post a Comment