top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

दुर्घटना हुँदा एकजनाको मृत्यु


२७ फागुन । भारदह–हनुमाननगर सडकखण्डअन्तर्गत सप्तरीको जोगिनियामा आज दिउँसो तरकारी बोकेको पिक अप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । 

सुनसरीको इनरुवाबाट तरकारी बोकेर राजविराजतर्फ आउँदै गरेको को१च ७७०५ नम्बरको पिक अप भ्यान सडकमा रहेको गोरुलाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी पिक अप भ्यानमा सवार जोगिनियाँ–४ हाल हनुमाननगर जोगनीमाई नगरपालिका निवासी ४५ वर्षीय रामेश्वर साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक बाबा तामाङले जानकारी दिनुभयो । 

घाइते अन्य पाँचजनाको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस 

No comments:

Post a Comment