top_rightads

Follow me on Twitter

Friday, March 11, 2016

यी हुन् स्टीभ जब्सका सफलताका १० सुत्रहरु, तपाई पनि पछ्याउन सक्नुहुन्छ


भविष्यको पूर्वानुमान
तपाईंले आउँदो पाँच वर्षमा के पाउन चाहनुहुन्छ, अहिले नै तय गर्नुपर्ने हुन्छ र त्यसलाई पाउनको लागि तपाईले लक्ष्यतर्फको यात्रा आजदेखि नै अगाडि बढाउनुपर्छ ।
असफलताबाट सिक्नुहोस्
सबै आफ्नो जीवनमा कुनै न कुनै बेला असफल हुन्छन् । जब्स पनि आफ्नो जीवनकालमा असफल भएका थिए । उनी १९८४ मा आफ्नै कम्पनीबाट निकालिएका थिए ।
संसार घुम्नुहोस्
जब्सका अनुसार नयाँ–नयाँ स्थानहरु घुम्नाले मानिसको दृष्टिकोण बढ्दछ । व्यापारीहरुले झनै संसार घुम्न बढी जरुरी छ ।
सही साथी चुन्नुहोस्
जब्सले एप्पलको सुरुवात एक्लै गरेका थिएनन् । उनको साथी थिए स्टीभ वजनायक । यो जोडीले एप्पललाई संसारको एक नम्बर कम्पनी बनाइदिए ।
अवरोधहरुलाई अवसर मान्नुहोस्
अप्ठेराहरुलाई चुनौतीको रुपमा लिन सुरु गर्नुहोस् र यसलाई अवसरमा बदल्नुहोस् । यसले तपाईंलाई सफतातिर डोर्याउनेछ ।
जोखिम मोल्नुहोस्
जब भन्दथे, अगाडि बढ्नको लागि हामीलाई कयौंपटक जोखिम मोल्नुपर्दछ । तर जोखिम लिनुभन्दा अगाडिको सबै आयामको बारमो सोच विचार गर्नु जरुरी हुन्छ ।
राम्रा मान्छेहरुको संगत
सफलता पाउनको लागि यस्तो मानिससँगको संगत गर्नुहोस् जसले तपाईंको सीप पहिचान गरोस् र त्यसलाई निखारता ल्याउन तपाईंलाई सहयोग गरोस् ।
तपाईं छिट्टै मर्दै हुनुहुन्छ !
जब्स भन्दथे, जब तपाईको मनमा द्विविधा हुन्छ र कुनै निर्णय लिन मुस्किल हुन्छ, त्यतिबेला तपाईंले सोच्नुहोस् कि तपाईं छिट्टै मर्दैहुनुहुन्छ ।
अरुसँग सिक्न लाज नमान्नुहोस्
२०–२१ वर्षको उमेरमा जब्सले एचपी र अटारी जस्ता प्रविधि कम्पनीमा काम गरेका थिए । उनले केही नयाँ र अरुभन्दा फरक गर्न सिके ।
सकारात्मक कुरा सोच्नुहोस्
स्टिभ जब्स धर्मपुत्रको रुपमा कसैद्वारा स्वीकार गरिएका बच्चा थिए । उनी आफ्नो धर्म मातापिताप्रति आभारी थिए र उनीहरु पनि त्यस्तै धर्मसन्तानका रुपमा स्वीकारिएका थिए । तर जब्सले आफ्नो ऊर्जालाई सही दिशा दिन सके ।

No comments:

Post a Comment