top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

घांटी थिची हत्या गरिएको सव फेला


चैत्र ४ |  कलैया नगरपालिका–१ स्थित खेतमा आज बिहान एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीय गाउँले बिहान शौच गर्न खेततर्फ गएको अवस्थामा सो शव देखेको र प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगी घटनाबारे अनुसन्धान गर्दा युवकलाई कुटपिट गरी घाँटी थिची हत्या गरेको अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ । 

मृतक कलैया–६ बस्ने जयनारायणप्रसाद साहका छोरा २६ वर्षीय सन्तोषकुमार साह कलवार रहेको प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए । घटनाको बारेमा प्रहरीले छानबिन सुरु गरेको बताएको छ । रासस 

No comments:

Post a Comment