२८ फागुन । लेबनानी सैनिकले बिहीबार जारी राखेको कारबाहीको क्रममा आठ सदिग्ध इस्लामिक स्टेट (आईएस) आतङ्ककारी मारिएका छन् । स्थानीय सञ्चारमाध्यमले सो जानकारी दिएको छ ।
जारी सैनिक कारबाहीको क्रममा आईएस आतङ्ककारी र सैनिकबीच भएको झडपमा परी एक सैनिकको ज्यान जानुको साथै अन्य आठ घाइते भएका छन् ।
पूर्बी लेबनानको रस बआल्बेकको बाहिरी इलाकामा सेना र आतङ्ककारीबीच झडप भएको लेवनानाको राष्ट्रिय समाचार निकाय एनएनएले जानकारी दिएको छ । रासस
No comments:
Post a Comment