top_rightads

Follow me on Twitter

Saturday, March 12, 2016

कल वाइपास गरी दूरसञ्चार राजस्व ठगी मुद्दामा फरार श्रेष्ठ पक्राउ



लहान, ३० फागुन-कल वाइपास गरी दूरसञ्चार राजस्व ठगी मुद्दामा फरार एक अभियुक्तलाई सिरहा प्रहरीले गएराति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको असनपुर गाविस–६ घर भई हाल गोलबजार नगरपालिका–७ निवासी ३७ वर्षीय राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

विसं २०७२ असोज २० गते जिल्ला प्रहरी कार्यालय सिरहामा दूरसञ्चार राजस्व ठगी मुद्दाअन्तर्गत श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएपछि उनी फरार रहेका थिए ।

फरारपश्चात् श्रेष्ठलाई विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment