top_rightads

Follow me on Twitter

Saturday, March 12, 2016

कांग्रेस केन्द्रीय सदस्यको मतगणना आज पनि जारी



काठमाडौँ, ३० फाल्गुन - नेपाली कांग्रेसका केन्द्रीय सदस्यको मतगणना आज पनि जारी छ । आइतबार बिहानैदेखि  मतगणना सुरु भएको निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले बताए ।

केन्द्रीय सदस्य खुल्ला र  प्रदेशतर्फको मतगणना थालिसकिएको उनले जानकारी दिए । उनका अनुसार मतगणनालाई छिटो बनाउन आज तीन ठाउँमा बुथ राखेर मतपत्र गन्ने काम भइरहेको छ । उनले भने, 'हामीले चाँडै नतिजा आओस भनेर तीन ठाउँमा बुथ राखेर गनिरहेका छौं । अब चाँडै नै पूर्ण नतिजा निकाल्छौं ।'

उनका अनुसार एउटा मतपत्र गन्न ३ देखि ४ मिनेटसम्म लाग्छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबारसम्मको मतपरिणामले सभापति शेरबहादुर देउवालाई सुविधाजनक बहुमतमा पुर्‍याएको छ । सभापतिसहित तीन पदाधिकारी र २२ केन्द्रीय सदस्यको नतिजा आउँदा देउवा प्यानलमा सभापतिसहित १५ र पौडेल प्यानलमा महामन्त्री, कोषाध्यक्षसहित १० सदस्य छन् ।

महिला, आदिवासी जनजाति, मधेसी र दलिततर्फको समावेशी कोटाका २१ केन्द्रीय सदस्यको नतिजा शनिबार आएको हो ।


साभार कान्तिपुर समाचार

No comments:

Post a Comment