चैत १ | उत्तर कोरियाले अमेरिकाको म्यानहट्टनलाई हाइड्रोजन बमले उडाउने धम्की दिएको छ। वासिंटन पोष्टले उत्तर कोरियाको अफिसियल मिडिया डिपिआरकेलाई उद्धृत गर्दै अमेरिकाको म्यान हट्टनलाई हाइड्रोजन बमले उडाउने धम्की दिएको जनाएको छ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उत्तरले सो हाइड्रोजन बम ब्यालिस्टिक मिसाइलमार्फत छोड्ने हो भने न्युयोर्कको म्यानहट्टन ध्वस्त हुन्छ भने सबै मानिसको मृत्यु हुनुका साथै पूरै शहर क्षणभरमै खरानीमा परिणत हुन्छ।
उत्तर कोरियाले आफ्नो एटम र हाइड्रोजन बम यंगोन न्यूक्लिर रिसर्च सेन्टरमा बनाएको हो। सो बमलाई उत्तर कोरिया र युएसएसआर (अहिलेको रुस) बीच १९५० मा भएको सहमतिपछि १९६४ मा बनाएको संचारमाध्यमले उल्लेख गरेका छन्।
यसैबीच शुक्रबार उत्तर कोरियाको एक पनडुब्बी बेपत्ता भएको थियो। जसका कारण उत्तर कोरिया निकै आक्रोशित भएको छ। सीएनएनले अमेरिकी सेनाले सो पनडुब्बीलाई उत्तर–पूर्व कोस्टमा देखिएको जनाएको छ।
यो पनि पढ्नुहोस -उत्तर कोरियाबाट आयो नयाँ चेतावनी, अमेरिका र दक्षिण कोरियालाई तनाव
सिओल (दक्षिण कोरिया), २९ फागुन । उत्तर कोरियाद्वारा वासिङ्टन तथा सिओलले संयुक्त रुपमा हवाई अभ्यास गरेकोप्रति प्रतिक्रिया दिँदै धम्कीपूर्ण भाषामा यदि उनीहरूको सामथ्र्य भएमा कोरियाली प्रायद्वीपमा आक्रमण सुरु गर्न चेतावनी दिएको छ ।
उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी (केसिएनए) ले उत्तरकोरियाली सेना प्रमुखहरूद्वारा जारी गरिएको वक्तव्यमा आवश्यक परेमा प्योङयाङले अमेरिकी र दक्षिण कोरियाली सैन्य अभ्यासबाट आफू नतर्सिने जनाएको छ ।
उत्तरकोरियाले अमेरिकी संयुक्त सैन्य आक्रमणको प्रतिवाद गर्दै सिओलगायत सम्पूर्ण कोरियाली प्रायद्वीपलाई मुक्त गर्ने बताएको छ ।
उत्तरको चेतावनीको प्रतिवाद गर्दै दक्षिण कोरियाको रक्षामन्त्रालयले सैन्य अभ्यास नियमित भएको जनाउँदै यसबाट थप उत्तेजित नहुन सुझाव दिएको छ । रासस/एएफपी

No comments:
Post a Comment