top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

दुर्घटनामा १५ घाइते !


चैत ६ । दोलखाको धार्मिकस्थल भीमेश्वर मन्दिर दर्शनका लागि ललितपुरको बडिखेलबाट आएको बा १ ख ६६३३ नम्बरको बस भीमेश्वर नगरपालिका–२ बनटोपरमा दुर्घटना हँुदा १५ यात्रु घाइते भएका छन् । 

दुर्घटनामा बडिखेलका गोमा नगरकोटी, लक्ष्मी तमाङ गम्भीर घाइते भएका छन् भने अन्य १३ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घाइतेको चरिकोटस्थित गौरीशङ्कर अस्पतालमा भइरहेको छ । 

खाना खाने विषयमा यात्रुको बस चालकसँग विवाद भएको र चालकले रिसाएर बस चलाउँदा दुर्घटना भएको यात्रीले बताएका छन् । 

दुर्घटनापछि बसका चालक फरार भएको र दुर्घटनाबारे छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले बताउनुभयो । रासस 

No comments:

Post a Comment