चैत ३ । आज बिहान हनुमानढोका गद्दी बैठकको दक्षिणतर्फ बसन्तपुरमा तीन छत्रे चीर ठड्याइएको छ । चीर ठड्याइएसंगै मुलुकभर होली पर्वको रौनक प्रारम्भ भएको हो ।
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्राहरु झुण्ड्याइएको चीर ठड्याएपछि मुलुकभर होलीको माहोल सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीदेखि सुरु भएको यस रौनक फागुन शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस पटक चैत ९ गते पहाडी जिल्लामा र १० गते तराईका जिल्लाहरुमा होलि परेको छ । त्यस दिन एकअर्कालाई रंग, अबिर र लोला हान्दै हर्षोल्लासका साथ होलीपर्व मनाइन्छ । त्यस दिन सरकारले सार्बजनिक विदा दिने गरेको छ । फागुन शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतिक चीर टुँडिखेलमा लगेर जलाएपछि होली पर्व समाप्त हुने छ ।
No comments:
Post a Comment