चैत्र ३ | त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा एमडी अध्ययनरत दुई डाक्टरलाई किचेर मार्ने मिनिबसका चालकलाई सर्वश्वसहित जन्मकैद सजाय माग राखी प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको बताएको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजले मंगलबार अनुसन्धान पुरा गरी चालक अर्जुन माथिको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । बिहिबार चालकविरुद्ध अदालतमा मुद्दा दर्ता हुने बताएको छ ।
महाराजगंज वृत्तका डिएसपी बिश्वमणि पोखरेलका अुनसार चालकलाई सवारी ज्यान मुद्दामा अधिकतम सजाय माग गरिएको छ । मुकुल ऐनको ज्यानसम्बन्धि महलको १६१(१) दफाअनुसार उनलाई सजाय माग गरिएको छ । जसमा सर्वश्वसहित जन्मकैदको माग गरिएको छ । जानीजानी चरम लापरबाही दुर्घटना गरी मान्छेको हत्या गरिएको अभियोग लगाउन प्रहरीले सिफारीस गरेको हो ।
गत ९ फागुनमा कान्तिअस्पताल अगाडि सडकमा सेवाले चलाएको माइक्रोबसको ठक्करबाट आइओएमको एमडी प्रथम वर्षमा अध्ययनरत डा सन्जिब सुवेदी र डा सोनी आनन्दको घटनास्थलमै मृत्यु भएको थियो । गाडिको ब्रेक फेलभएपछि उक्त दुर्घटना भएको थियो । गाडिको प्राविधिक प्रशिक्षणबाट पनि गाडि चलाउन योग्य अवस्थामा नभएको रिपोर्ट आएको छ । चालक अर्जुन सेवासँग पनि मोटरसाइकल र कार मात्र चलाउने लाइसेन्स भएको अनुसन्धानमा खुलेपछि उनलाई जन्मकैदको माग राखी मुद्दा गर्न लागिएको हो । चालक र गाडिधनीको लापरबाही भएकाले दुवै जनाविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।
No comments:
Post a Comment