top_rightads

Follow me on Twitter

Tuesday, March 22, 2016

भीषण हावाहुरी , जनजीवन प्रभावित !



चैत १० । आज बिहान ६ बजेदेखि चलेको हावाहुरीले सदरमुकाम धुन्चेलगायत आसपासका क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । 

नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङका अनुसार चर्को हावाहुरीले दर्जनौँ जस्ताका घरहरु उडाएको र बसोबासमा प्रभावित भएको बताईएको  छ । 

अहिले स्थानीयवासी सुृुरक्षित ठाउँको खोजी गर्र्दै बसिरहेका छन् । अहिले हिँड्डुल गर्ने अवस्था नभएको बताएका छन्  |

हावाहुरीले  जस्ताको टहरो र त्रिपाल, टेन्टमा बस्ने हजारौँ बासिन्दा प्रभावित भएका र सबै नागरिकलाई सुरक्षित ठाउँमा बस्न आह्वान गरिएको जिल्ला प्रहरी प्रमुख अवधेश विष्टले बताएका छन्  । 




उता मङ्गलबार अपराह्नदेखि हाकु गाविसको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आएको छैन । हावाहुरीले डढेलो बढ्दै जाँदा हजारौँ हेक्टर वनजङ्गल डढेलोमा  परेको बताइएको छ । क्षतिको विवरण आइसकेको  छैन ।

No comments:

Post a Comment