बेलायती राजकुमार ह्यारी यही हुलियामा सोमबार लमजुङको गौंडा गाउँमा झुल्किए । दिउँसो पौने ३ बजे हेलिकप्टरबाट भीरकुनामा झरेका उनले सुरुमै गाउँलेको स्वागत ग्रहण गरे । फूलमाला लिएर लाममा बसेका गाउँलेको हातबाट तीका, फूल र खादा ग्रहण गर्दा उनले मुस्कानसहित अभिभावदन फर्काए ।
आफूलाई फूलमाला दिन उभिएका साना नानीका सामु उनी टुक्रुक्क बसे र नानीहरु जत्तिकै बनिदिए । वृद्धवृद्धाका सामू भने उनी झुके । अन्यन्तै साधारण रुपमा प्रस्तुत भएका उनले बासका लागि रोजेको मंगली तामाङको घर भूकम्पले चर्किएको छ । त्यहाँ उनका लागि सोमबार दिउँसो साधाण खाटमा नयाँ बिस्तारा लगाइएको थियो । साँझ ७ बजेपछि उनले मंगलीको घरमा नेपाली खाना खाए । राजकुमारलाई नेपाली स्वाद चखाउने भनेर गुन्द्रुक र ढिँडो तयार पारिएको थियो ।
नागरिक दैनिकमा समाचार छ ।
No comments:
Post a Comment