top_rightads

Follow me on Twitter

Monday, March 21, 2016

एक हातमा किताबकापी अर्को हातमा च्यातिएको बोरा



काठमाडौँ, ९ चैत्र- ललित मुखियाको जीउमा एकसरो लुगा पनि छैन। गन्जीमात्र लाएर स्कुल आउँछन्। धनुषाको फूलगामास्थित राष्ट्रिय प्रावि कक्षा ३ मा उनको एक हातमा किताबकापी र अर्को हातमा चामलको च्यातिएको बोरा छ।

पढाइ सकिएपछि उनी उसैगरी किताबकापी र बोरा च्यापेर फर्कन्छन्। ललितमात्र हैन, फूलगामा–४ की अम्बिका राउत पनि किताब र बोरा च्यापेर विद्यालय आउँछिन्। स्कुलमा बस्ने डेस्कबेञ्च नभएपछि विद्यार्थीले भुइँमा ओछ्याउन बोरा च्यापेर ल्याउनुपरेको हो।

एक र दुई कक्षामा गैरसरकारी संस्थाले कार्पेट ओछ्याइदिएको छ। तर चिसोले बारम्बार बिरामी परेकाले धेरै विद्यार्थी आउँदैनन्। ‘विद्याथलयमा शिक्षकको तलबबाहेक केही आउँदैन,’ प्रधानाध्यापक प्रमेश्वर कर्णले भने, ‘कुन पैसाले डेक्सबेञ्च बनाउनु   ? उनका अनुसार एकदेखि पाँच कक्षासम्म एक सय ९१ विद्यार्थी छन्। तीमध्ये सबैजसो बोरा बोकेर आउँछन् ।


 कान्तिपुर दैनिकमा खबर छ

No comments:

Post a Comment